५ असार २०८३, शुक्रबार

हर्कले मागे महावीरसँग १० करोड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले धरानमा सञ्चालन गर्न प्रस्तावित तीन वटा विज्ञान तथा प्रविधिसम्बन्धी योजनाका लागि बजेट विनियोजन गर्न विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयसँग आग्रह गरेका छन्।

शुक्रबार मन्त्री महावीर पुनलाई सम्बोधन गर्दै राईले पत्रमार्फत धरान–१७ फोकल्याण्ड क्षेत्रमा निर्माणाधीन प्रदेशस्तरीय नास्ट भवनका लागि पर्याप्त बजेट अभाव रहेको उल्लेख गरेका छन्। उनले चालु आर्थिक वर्षमै काम सम्पन्न हुने गरी कम्तीमा १० करोड रुपैयाँ वा आवश्यकताअनुसार अबण्डा बजेटबाट रकम उपलब्ध गराउन अनुरोध गरेका हुन्।

पत्रमा धरान आविष्कार तथा नवप्रवर्तन केन्द्र (पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसभित्र) का लागि आवश्यक उपकरण खरिद गर्न बजेट छुट्याउन पनि आग्रह गरिएको छ। त्यसैगरी धरान–२० स्थित वडा कार्यालय नजिक नमुना विन्ड टर्बाइन स्थापना गरी विद्युत् उत्पादन गर्ने योजनाका लागि समेत बजेट व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

सांसद राईले यी योजनाले धरानलाई विज्ञान, प्रविधि र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने उल्लेख गर्दै मन्त्रालयबाट आवश्यक पहलको अपेक्षा गरेका छन्।