६ असार २०८३, शनिबार

प्रधानमन्त्री बालेनलाई हर्कले भने– राम्रा लुगा लगाएर मात्रै जिम्मेवार बन्न सक्दैनौँ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले राम्रा कपडा लगाएर मात्रै जिम्मेवार बन्न नसकिने बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने लगायतमा माग निरन्तर उठाउँदै आएका छन् ।

आफ्ना माग सत्तापक्षले नसुनेको उनको भनाइ छ ।

साम्पाङले भने, ‘सरकार र सभामुखले प्रतिपक्षको माग नसुन्ने हो भने हामी जिम्मेवार बन्न सक्दैनौँ। मान्छे राम्रो लुगा लगाएर वा चिलो गाडी चढेर मात्र बन्दैन, उसमा नैतिकता र जवाफदेहिता हुनु अनिवार्य छ।’

प्रधानमन्त्री शाहले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनुवाइ नभएकोमा आपत्ति प्रकट गरे।