५ असार २०८३, शुक्रबार

हर्क साम्पाङको प्रश्न– यो ढुङ्गाहरूको देश हो या मान्छेको देश हो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले खाजेको प्रश्नको उत्तर नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा आफ्ना माग प्रधानमन्त्री, सभामुख कसैले पनि नसुनेको भन्दै असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिबारे आफूहरूले एक महिनादेखि उठाउँदा समेत सभामुखले समेत नसुनेको उनको भनाइ छ ।

उनले भने, ‘हामीले प्रधानमन्त्रीज्यूको माग यहाँ गरेको करिब १ महिना धेरै भइसक्यो । प्रधानमन्त्रीको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन गरेको पनि १६ दिन भएछ, यो प्लेकार्ड बनाएर उभिएको पनि । सभामुखलाई पनि हामीले त्यति नै लामो समयदेखि उहाँले बोल्नुभएको राष्ट्रघाती शब्द डिलिट गरियोस् भनेको पनि त्यति नै दिन भयो ।’

उनले देश ढुङ्गाको हो कि मान्छेको भन्दै प्रश्न गरे। उनले थपे, ‘अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने । ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ ।’