काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘ए’को रोमाञ्चक खेलमा आयोजक मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलले पराजित गरेको छ ।
जापोपानको ग्वाडालाजारामा भएको खेलमा मेक्सिकोका मिडफिल्डर लुइस रोमोले ५० औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।
मेक्सिकोको यो लगातार दोस्रो जित हो । साथै, मेक्सिको विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली पनि बनेको छ ।
यो जितसँगै मेक्सिको समूह ‘ए’को विजेताको रूपमा अर्को चरणमा प्रवेश गरेको छ ।







प्रतिक्रिया