१६ असार २०८३, मंगलबार

इजरायललाई अमेरिकी उपराष्ट्रपतिले भने– हरेक समस्या समाधान सैन्य कारबाहीबाट सम्भव हुँदैन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान सम्झौताको आलोचना गर्ने इजरायली नेताहरूलाई लक्षित गर्दै सम्झौताको विरोध गर्नेहरूले वास्तविकता बुझ्नुपर्ने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै भान्सले यस्तो बताएका हुन् ।

उनले यदि आफू इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारको हिस्सा भएको भए संसारको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली सहयोगी अमेरिकालाई प्रश्न नगर्ने बताए ।

‘डोनाल्ड ट्रम्प अहिले सम्पूर्ण विश्वमा इजरायलप्रति सबैभन्दा बढी सहानुभूति राख्ने नेता हुन्,’ भान्सले भने ।

उनले इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र अर्थमन्त्री बेजालेल स्मोट्रिचको आलोचना गर्दै हरेक समस्या सैन्य कारबाहीबाट मात्र समाधान हुन सक्दैन भने ।

भान्सले प्रश्न गरे, ‘इजरायलसँग अरु के विकल्प छ ? इजरायल केवल ९० लाख जनसंख्या भएको देश हो । मान्छेहरु मारेर हरेक समस्या समाधान हुन सक्दैन ।’