काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलकी सम्धिनी (निकिताकी भाइ निरजकी सासू) मीना अग्रवाल चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएकी थिइन् ।
दरबारमार्गस्थित ऊर्जा ज्वेल्सका प्रसुन जालानले दायर गरेको चेक अनादरसम्बन्धी मुद्दामा अदालतले अग्रवाललाई दोषी ठहर गरेको थियो ।
जालानले एक करोड रुपैयाँ फिर्ता नपाएपछि मुद्दा दायर गरेका थिए ।

मीनाले जालानसँग एक करोड रुपैयाँ लिएकी थिइन् । उक्त रकम फिर्ता नगरेपछि उनले दिएको चेक पनि नसाटिएको भन्दै जालानले ‘चेक अनादर–विनिमय अधिकार पत्र ऐन, २०३४’ अन्तर्गत अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दा २०८१ साउन २८ गते दर्ता भएको थियो ।

न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले २०८१ चैत २५ गते वादीको पक्षमा फैसला गरेको भए पनि रकम अझै फिर्ता नभएको बताइएको छ ।
मीनाले राजनीतिक पहुँचको प्रभाव देखाउँदै जालानलाई धम्की दिने गरेको स्रोतको दाबी छ ।
मीना अग्रवाल निकिताका भाइ निरज पौडेलकी सासू हुन् ।








प्रतिक्रिया