१० असार २०८३, बुधबार

कतारको पोस्टमा क्यानडाको ६ गोल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ मा क्यानडाले कतारमाथि सहज जित निकालेको छ ।

नेपाली समय अनुसार बिहीबार बिहान बीसी प्लेस भ्यानकुभर रंगशालामा भएको खेलमा क्यानडाले समूह ‘बी’मा कतारलाई ६–० ले पराजित गरेको हो ।

क्यानडाका लागि पहिलो हाफको १६ औं मिनेटमा क्लाइल केरिनले पहिलो गोल गरे ।

क्यानडाका लागि जोनाथ डेभिडले २९ औं मिनेटमा दोस्रो गोल गरे । उनैले पहिलो हाफ समाप्त हुनुअघि ४५ प्लस ३ औं मिनेटमा तेस्रो गोल गरे । पहिलो हाफमा कतारविरुद्ध क्यानडाले ३–० को अग्रता लियो ।

क्यानडाका लागि सालिबाले ६४ औं  मिनेटमा चौथो गोल गरे ।

७५ औं मिनेटमा कतारका मोहम्मद अल–मन्नाईले आत्मघाती गोल गरेपछि क्यानडाले ५–० अगाडि रह्यो ।

खेलको ९० प्सल २ औं मिनेटमा जोनाथले क्यानडाका लागि छैटौं गरे र व्यक्तिगत ह्याट्रिक पूरा गरे ।

जोनाथको ह्याट्रिकसहित क्यानडा ६–० गोल अन्तरले विजयी भयो ।