काठमाडौं । फिफा विश्वकप २०२६ मा चेक गणतन्त्र र दक्षिण अफ्रिका बीचको खेल १–१ को बराबरीमा सकिएको छ ।
चेक गणतन्त्रले सुरुवाती अग्रता लिए पनि दोस्रो हाफको अन्तिममा दक्षिण अफ्रिकाले पुनरागमन गर्दै बराबरी खेलेको हो ।
खेलको सुरुवातदेखि नै चेकले आक्रामक खेल्यो । छैटौं मिनेटमा मिडफिल्डर माइकल साडिलेकले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएपछि चेकले खेलमा नियन्त्रण कायम राख्यो ।
दक्षिण अफ्रिकाले बराबरी गोल गर्ने प्रयास धेरै गर्यो, तर चेक डिफेन्सले उनीहरूको सबै प्रयासलाई विफल पारेको थियो ।
दोस्रो हाफमा दक्षिण अफ्रिकाले आक्रामक सुरुवात गर्यो । लगातार बराबरी गोलको खोजीमा रह्यो । चेकले आफ्नो अग्रता जोगाउन खोज्यो ।
८३ औं मिनेटमा दक्षिण अफ्रिकाले पाएको पेनाल्टीलाई टेबोहो मोकोएनाले सफलतापूर्वक गोलमा परिणत गरे । गोलसँगै दक्षिण अफ्रिकाले उल्लेखनीय पुनरागमन गर्दै खेल १–१ बराबरी गर्यो ।
निर्धारित समय र अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकियो । दुवै टोलीले एकएक अंक प्राप्त गरे ।








प्रतिक्रिया