२९ असार २०८३, सोमबार

स्विट्जरल्याण्डले बोस्निया–हर्जगोभिनालाई ४–१ गोलले हरायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘बी’मा स्विट्जरल्याण्डले बोस्निया–हर्जगोभिनालाई ४–१ ले पराजित गरेको छ ।

स्विस टोलीले अन्तिम २० मिनेटमा आक्रामक खेल्दै चार गोल गर्दै आफ्नो पहिलो जित सुनिश्चित गरेको हो ।

लस एन्जलस रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

स्विट्जरल्याण्डले दोस्रो हाफमा दबाब बढायो र खेलको अन्तिम चरणमा बोस्नियाली रक्षापंक्तिलाई पूर्ण रूपमा ध्वस्त पारेको थियो ।

स्विट्जरल्याण्डका लागि जोहान मजाम्बीले ७४ औं मिनेटमा सुरुवाती गोल गरे। त्यसपछि रुबेन वर्गासले ८४ औं मिनेटमा अग्रता दोब्बर पारे । ९० औं मिनेटमा मजाम्बीले नै आफ्नो दोस्रो गोल गर्दै स्विट्जरल्याण्डलाई ३–० को अग्रता दिलाए ।

८० औं मिनेटमा बोस्निया–हर्जगोभिनाका डिफेन्डर तारिक मुहारेमोभिचलाई फाउलका लागि रातो कार्ड देखाइयो । त्यसपछि टोली १० खेलाडीसँग खेल्न बाध्य भयो ।

इन्जुरी समयमा, बोस्निया–हर्जेगोभिनाका एर्मिन महमिकले ९० प्लस ३ मिनेटमा गोल गर्दै खेल ३–१ बनाए । त्यसको लगत्तै स्विट्जरल्याण्डलाई पेनाल्टी दिइएको थियो,  त्यसलाई कप्तान ग्रानिट झाकाले ९० प्लस ७ मिनेटमा गोलमा परिणत गर्दै टोलीलाई ४–१ को जित दिलाए ।

जितसँगै स्विट्जरल्याण्डले समूह ‘बी’मा नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।