रूपन्देही । नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापाले पार्टी अध्यक्षलाई मात्रै केन्द्रीत गरेर पुनःगठन अभियानको कुनै अर्थ नहुने बताएका छन् ।
आज कपिलवस्तुमा आयोजित पुनःगठन तथा निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले नेतृत्व पुनःगठन गर्ने भए सबै पदाधिकारी सदस्यमा बसेर महाधिवेशन आयोजक समितिमा जान तयार हुनुपर्ने बताएका हुन् ।
‘अहिले नेतृत्व पुनःगठन गरेर निकास हुँदैन, कुनै व्यक्ति केन्द्रीत पुनःगठनले केही अर्थ राख्दैन, अध्यक्षलाई मात्र होइन पुनःगठनमा जाने भए सबै पदाधिकारी सदस्यमा बसेर महाधिवेशनमा जान तयार हुनुपर्छ’, उनले भने ।








प्रतिक्रिया