२७ असार २०८३, शनिबार

निर्मला पन्तको शवमाथि राजनीति गर्नेलाई कारबाहीका लागि सुक्ष्म अनुसन्धान भइरहेको छ : गृहमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गुरुङले निर्मला पन्तको विषयमा मन्त्रालय संवेदनशील रहेको बताएका हुन् ।

‘निर्मला पन्तको विषयमा मन्त्रालय संवेदनशील छ। एक बालिकाको शवमाथि जुन प्रकारको राजनीति गरियो, त्यसको अन्त्य गर्न पनि सम्बन्धित व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि हामीले सुक्ष्म अनुसन्धान अगाडि बढाएका छौँ,’ गृहमन्त्री गुरुङले भने।

अनुसन्धानका कतिपय प्रक्रियाहरू गोप्य राखेरै अगाडि बढाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले नतिजा नआएसम्म केही कुरा सार्वजनिक नगर्नु नै उपयुक्त हुने बताए।