५ असार २०८३, शुक्रबार

सुकुम्बासी बस्ती हटाउन सेना खटाइएको होइन : सरकार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा सेना नखटाइएको स्पष्ट पारेको छ ।

आज अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट संसदमा जानकारी दिँदै सरकारले नेपाली सेनालाई सुकुम्वासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नखटाएको प्रस्ट पारेका हुन्।

उनले भने, ‘नेपाल सरकारले नेपाली सेनालाई सुकुम्वासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा खटाएको थिएन। जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्वासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु।’

आवश्यकता अनुसार नेपाली सेना लगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुन सक्ने अनुसार नै सेना स्वतस्फूर्तः उक्त स्थानमा पुगेको उनको भनाइ छ ।