काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाउने निर्णय गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ नेता पदसहित थप गरेर पार्टीको पदाधिकारी संख्या १९ पुर्याउने निर्णय गरेको हो । यसअघि विधानमा वरिष्ठ नेताको पद थिएन ।
यसअघि १३ पदाधिकारी हुने व्यवस्था थियो । विधान संशोधन गरेर १९ पदाधिकारी पुर्याउने निर्णय गरेको हो । पदाधिकारीमा सभापति एक, वरिष्ठ नेता एक, एक महिला (अनिवार्य) सहित उपसभापति तीन, महामन्त्री दुई, अनिवार्य महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, अनिवार्य एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक, अनिवार्य एक महिलासहित सहकोषाध्यक्ष दुईजना हुनेछन् ।
त्यस्तै, केन्द्रीय समितिको संख्या बढाएर १२९ बाट १५८ (प्रदेश समिति सभापति पदेन केन्द्रीय सदस्य) पुर्याउने निर्णय गरेको छ ।








प्रतिक्रिया