काठमाडौं । भिजिट भिसामा ओमान जान लागेका २७ जना महिलालाई विमानस्थलमा नियन्त्रणमा लिइएको छ ।
बुधवार राति फ्लाई दुबईको फरक फरक उडान हुँदै त्रिभुवन विमानस्थलबाट ओमनको राजधानी मस्कटतर्फ जान लागेका १२ र १५ गरी २७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।
उनीहरुसँग ओमनको भिसा, टिकट र होटल डकुमेण्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिसा पनि भेटिएपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको थियो ।
महिलाका निम्ति ओमानमा रोजगारीमा प्रतिबन्ध लगाइएको छ ।








प्रतिक्रिया