२५ असार २०८३, बिहिबार

अख्तियारले आरजु राणालाई बयानमा बोलायो, घरमा टाँसियो म्याद

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ ।

अख्तियारले राणाको बूढानीलकण्ठस्थित जेनजी आन्दोलनमा आगलागी भएर खण्डहर भएको घरमा म्याद टाँसेर फर्किएको हो ।

तत्कालीन परराष्ट्रमन्त्री डा.राणा विदेशमा रही सम्पर्कमा नभएको भन्दै अख्तियारले खण्डहरमा परिणत भएको घरमा पुगेर म्याद तामेल गरेको हो । वडाका प्रतिनिधिहरूको रोहबरमा म्याद तामेली गरिएको थियो ।

अख्तियारमा पासपोर्ट छपाइको ठेक्कापट्टा प्रक्रियामा डा। राणाको संलग्नता रहेको दाबीसहित उजुरी परेको छ ।