१८ असार २०८३, बिहिबार

हर्क साम्पाङको लाइसेन्स रद्द भइसकेको खुलाशा !

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केही दिनअघि ट्राफिक नियम उल्लंघन गर्दै मोटरसाइकल चलाएर दुर्घटनामा परेको भिडियो सार्वजनिक भएपछि कारबाहीमा परेका श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङबारे अर्को तथ्य खुलेको छ। प्रारम्भिक विवरणअनुसार उनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएको पाइएको हो ।

यातायात व्यवस्था कार्यालय, इटहरीको अभिलेखअनुसार साम्पाङले २०७१ साल पुस ६ गते जरिवानासहित आफ्नो लाइसेन्स नवीकरण गरेका थिए। त्यसयता भने कानुनले तोकेको अवधिभित्र पुनः नवीकरण नगरेको देखिएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले लाइसेन्सको अवस्थाबारे आवश्यक अध्ययन र छानबिन अघि बढाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५७ अनुसार तोकिएको अवधिसम्म नवीकरण नगरिएको सवारी चालक अनुमति पत्र स्वतः रद्द हुने कानुनी व्यवस्था छ।

यसअघि साम्पाङले मोटरसाइकल चलाउँदै ट्राफिक नियमविपरीत भिडियो खिचेको दृश्य सार्वजनिक भएपछि दुर्घटनामा परेका थिए। उक्त घटनापछि ट्राफिक प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको थियो। त्यसकै क्रममा लाइसेन्सको वैधानिक अवस्थाबारे पनि चासो बढेको हो।

यद्यपि, सम्बन्धित निकायले छानबिन पूरा गरी आधिकारिक निष्कर्ष सार्वजनिक गर्न बाँकी रहेको छ।