काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितलाई प्रधानमन्त्री कार्यालयमा थुन्ने धम्की दिएकोबारे जवाफ माग गरेका छन् ।
केरूङले पदाधिकारीलाई कार्यालयमा थुन्ने धम्की दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ मागेका हुन् ।
“अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर, प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने भन्ने कुरा बाहिर आएको छ,” उनले भने, “प्रधानमन्त्री कार्यालयमा नै थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ ।”
प्रधानमन्त्रीले प्रष्ट नपारे छानबिन समिति बनाउन उनको माग छ ।
“यसको सत्य तथ्य छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्छ । होइन भने सदनलाई जानकारी गराउनुपर्छ,” उनले भने ।








प्रतिक्रिया