४ असार २०८३, बिहिबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको एक सय रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।