५ असार २०८३, शुक्रबार

अमेरिका र इरानबीचको शान्ति सम्झौता (तस्वीरहरु)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न शान्ति समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटमा हस्ताक्षर गरेको अल जजीराले जनाएको छ ।

ट्रम्पले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि म्याक्रोनले ताली बजाए

त्यसपछि इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरानबाटै इलेक्ट्रोनिक रूपमा सम्झौतामा हस्ताक्षर गरे ।

शान्ति सम्झौतामा पेजेश्कियान र ट्रम्प दुवैको हस्ताक्षर

 

यो सम्झौताले इरानमा युद्ध र लेबनानमा द्वन्द्व अन्त्य गर्नेछ । साथै, होर्मुजको जलडमरूम जलमार्ग पूर्ण रुपमा फेरि खोलिनेछ र अमेरिकाले अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नेछ ।

शान्ति सम्झौता जुन १९ शुक्रबार जेनेभामा हस्ताक्षर हुने भनिएको थियो तर एक दिन अगाडि नै फ्रान्समा हस्ताक्षर गरिएको छ ।