काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को खेलमा घानाले पानामालाई १–० ले हराएर विजयी सुरुवात गरेको छ ।
टोरन्टो रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटसम्म खेल गोलरहित बराबरी थियो ।
तर खेलको ९५ औं मिनेटमा घानाका लागि कालेब यिरेंकीले गरेको गोल निर्णायक गोल बन्यो ।
जितसँगै घानाले तीन अंक प्राप्त गरेको छ ।








प्रतिक्रिया