८ असार २०८३, सोमबार

तीन वटा संसदीय समितिको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।

बिहीबार महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल गरिनेछ ।

यस्तै, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा वार्षिक कार्यक्रमबारे छलफल हुने कार्यसूची छ ।

यस्तै, राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी सम्बन्धमा छलफल गरिनेछ ।