काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ पुगेका मन्त्री खनालले भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका थिए ।
भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा साझा हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
चीनअघि उनले भारतको भ्रमण गरेका थिए ।








प्रतिक्रिया