१७ असार २०८३, बुधबार

एनआईसी एशिया बैंकद्वारा सातकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भट्टेडाँडा, ललितपुरस्थित सातकन्या आधारभूत विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले विद्यार्थीहरुका लागि विद्यालय पोशाक प्रदान गरेको छ ।

हाल १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा बुधबार एक विशेष कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्य र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहाल र विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेलाई संयुक्तरुपमा पोशाकहरु हस्तान्तरण गरे । अरनिको एल्मुनाई एसोसियसन, खुमलटारले सहजकर्ताको भूमिका खेलेको कार्यक्रममा शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंककातर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।