काठमाडौं । भारतले चिया आयातसम्बन्धी नयाँ मापदण्ड लागू गरेपछि निर्यात प्रभावित भएको भन्दै झापाका चिया उद्योगीले आजदेखि चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन्।
नेपाल चिया उत्पादक संघ, झापाका अनुसार भारतीय नीतिका कारण नेपाली चिया निर्यात रोकिएको छ, जसले उद्योग सञ्चालन नै संकटमा परेको जनाएको छ।
उद्योगीले सरकारले बंगलादेश, पाकिस्तानलगायत अन्य मुलुकमा निर्यातको वातावरण बनाउन कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।
चिया क्षेत्रले करिब ६० हजार जनालाई रोजगारी दिँदै आएको छ भने वार्षिक अर्बौं रुपैयाँको कारोबार र राजस्वमा योगदान पुर्याउँदै आएको छ।








प्रतिक्रिया