२७ असार २०८३, शनिबार

विश्वकप : अष्ट्रियाको विजयी सुरूआत, जोर्डन पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

समूह ‘ए’ अन्तर्गत भएको प्रतिस्पर्धामा अष्ट्रियाले सुरुदेखि नै खेलमा पकड बनाएको थियो। टोलीका लागि २०औँ मिनेटमा रोमानो स्मिडले गोल गर्दै अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुमै, ५०औँ मिनेटमा जोर्डनका यार्जब अल–अरबले बराबरी गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर ७६औँ मिनेटमा उनै अल–अरबबाट भएको आत्मघाती गोलले अष्ट्रियाले पुनः अग्रता बनायो।

इन्जुरी समयतिर प्राप्त पेनाल्टी अवसरलाई मार्को अर्नाउटोभिचले सदुपयोग गर्दै अष्ट्रियाको जित सुनिश्चित गरे। उनको गोलसँगै खेल ३–१ को नतिजामा टुंगिएको थियो।

यस जितसँगै अष्ट्रियाले समूह चरणमा महत्वपूर्ण तीन अंक बटुलेको छ भने जोर्डनले पहिलो खेलमै हार बेहोरेको छ।