११ असार २०८३, बिहिबार

विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएका दाजुभाईको शव फेला

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान । प्यूठानमा विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका दुई दाजु भाईको शव फेला परेको छ ।

नौबहिनी गाउँपालिका–५ का यामबहादुर खत्रीका छोराहरु ७ वर्षीय विमल खत्री र १० वर्षीय मिलन खत्री मंगलबार दिउँसो ३ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा जोगी पनेरा खहरे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

भाइ विमलको शव मंलबार बेलुका नै फेला परेकोमा दाई मिलनको शव आज बिहान फेला परेको हो ।

उनीहरू नौबहिनी गाउँपालिका–५ काँटेस्थित श्री जनता प्राथमिक विद्यालयमा अध्यनरत थिए।