काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको १२ सय रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया