१९ असार २०८३, शुक्रबार

अर्जेन्टिनाको सानदार जित, ह्याट्रिकसहित विश्वकप खेलेको २० वर्षपछि मेस्सीले बनाए नयाँ कीर्तिमान

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप फुटबल २०२६ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सानदार जित हासिल गरेको छ ।

कान्सास सिटी रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध ३–० को सहज जित निकालेको हो ।

अर्जेन्टिनाको जितमा तीनै गोल कप्तान लिओनेल मेस्सीले गरेका हुन् ।

खेलको १७, ६० र ७६ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् ।

विश्वकपमा मेस्सीले आफ्नो करिअरको १६ औं गोल गरेका हुन् ।

यो जितसँगै कप्तान मेस्सीले जर्मनीका महान स्ट्राइकर मिरोस्लाभ क्लोसको विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड (१६ गोल) बराबरी गरे ।

मेस्सीले आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

मेस्सीले विश्वकपमा आफ्नो पहिलो खेल (२००६)को २० वर्षपछि यो इतिहास रचेका हुन् ।