१६ असार २०८३, मंगलबार

अल्जेरियाविरुद्ध मेस्सीले गरे दोस्रो गोल, विश्वकपमा १५ औं गोल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाले अल्जेरियामाथि २–० गोलको अग्रता लिएको छ ।

कान्सास सिटी रंगशालामा जारी खेलमा दुवै गोल अर्जेन्टिनाका लागि कप्तान लिओनेल मेस्सीले गरेका हुन् ।

मेस्सीले पहिलो हाफको १७ औं मिनेटमा पहिलो गोल गरेका हुन् । उनैले दोस्रो हाफको ६० औं मिनेटमा दोस्रो गोल गरे ।

फिफा विश्वकपमा मेस्सीको यो १५ औं कीर्तिमानी गोल हो । मेस्सीको यो २०० औं अन्तर्राष्ट्रिय खेल पनि हो ।