२७ असार २०८३, शनिबार

प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गरौँ : सांसद यादव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसकी सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिमा गोप्य मतदान गर्न माग गरेकी छिन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विवाद टुंग्याउन गोप्य मतदान गर्ने र मतदान अनुसार नै निर्णय गर्न माग गरेकी हुन् ।

उनले भनिन्, ‘यो सदनमा नियम नै मिच्ने हो भने एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति, सत्तापक्ष र विपक्षबाट जे हुन्छ, त्यही गरौँला ।’