काठमाडौं । अमेरिकी वायुसेनाले क्यालिफोर्नियाको एडवर्ड्स एयर फोर्स बेसमा बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै आठ जनाको मृत्यु भएको जनाएको छ ।
अमेरिकी वायुसेनाको अनुसार, विमान नियमित परीक्षण उडानमा थियो । सोमबार बिहान ११ः२० बजे उडान भरेको केही समयपछि विमान तल खस्यो र आगो लाग्यो ।
मृत्यु हुनेहरुमा वायुसेनाका कर्मचारी र विमान परीक्षण विज्ञहरू थिए ।
दुर्घटनाको कारण हाल खुलाइएको छैन । विमानको नियन्त्रण प्रणाली, इन्जिन वा परीक्षण भइरहेको उपकरणमा खराबी आएको हुनसक्ने आशंका गरिएको छ ।
दुर्घटनापछि एयरफिल्ड बन्द गरिएको छ र आगमन उडानहरूलाई अर्को एयरबेसमा डाइभर्ट गरिएको छ ।








प्रतिक्रिया