काठमाडौं । अमेरिका र इरानबीच लामो समयदेखि जारी युद्ध अन्त्य गर्न डिजिटल शान्ति सम्झौता भएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार एक अमेरिकी अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले सम्झौतामा डिजिटल रूपमा हस्ताक्षर गरेको बताएका छन् । तर सम्झौताको पूर्ण मस्यौदा अझै सार्वजनिक भएको छैन । शान्ति सम्झौता १९ जुन (शुक्रबार) औपचारिक रूपमा स्विट्जरल्याण्डको जेनेभामा हस्ताक्षर हुनेछ ।
राष्ट्रपति ट्रम्पले शुक्रबार औपचारिक हस्ताक्षरपछि सम्झौताको पूर्ण पाठ सार्वजनिक गरिने बताए ।
ट्रम्पले उपराष्ट्रपति भान्स हस्ताक्षर समारोहमा उपस्थित हुने पनि बताए ।
मिडिया रिपोर्टहरूका अनुसार दुई देशबीच प्रारम्भिक १४ बुँदे सम्झौता तयार पारिएको छ ।








प्रतिक्रिया