७ श्रावण २०८३, बिहिबार

पेट्रोलियम पदार्थको मूल्य यथावत

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ ।

निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।

पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज)मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य २२२.५० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, दोस्रो वर्गका रहेको (सुर्खेत र दाङ)मा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेल/मट्टितेल २२४ रुपैयाँमा रहेको छ ।

यस्तै, काठमाडौं, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत रहनेछ ।