काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका छन् ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलको पहिलो हाफमा साउदी अरबले प्रभावशाली प्रदर्शन गर्दै अग्रता बनाएको थियो । ४१ औं मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई १–० को अवस्थामा पुर्याएका थिए ।
उरुग्वेका लागि खेलको ८० औं मिनेटमा म्याक्सी अराजोले गोल गरे । अराजोको गोलसँगै खेल १–१ को बराबरीमा पुगेको हो ।
बाँकी समयमा दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् ।
मंगलबार भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेलेका थिए ।








प्रतिक्रिया