काठमाडौं । भारतमा पछिल्लो समय चर्चामा रहेको कक्रोज जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकमाथि आक्रमण भएको छ ।
सोमबार जयपुरमा नीट पेपर लीकको विरोध प्रदर्शनमा दीपकसहित पार्टीले प्रदर्शन गरिरहेको थियो ।
भीडमा दुई युवकहरूले दीपकलाई थप्पड हानेका हुन् ।
समर्थकहरुले दीपकलाई भीडमा काँधमा बोकेर हिँडिरहेको बेला दुई युवकहरूले दीपकलाई थप्पड हानेका हुन् । त्यसपछि सीजेपीका समर्थकहरूले ती दुई जनालाई समातेर कुटपिट गरेका थिए ।
दीपक लीक पेपर लीक, बेरोजगारी, शिक्षा प्रणाली र युवासँग सम्बन्धित मुद्दाहरूको विरोधमा प्रदर्शन गर्न जयपुर पुगेका थिए ।
थप्पड प्रहार घटनापछि पनि दीपकले सभालाई सम्बोधन गरेका थिए ।
विरोध प्रदर्शनको क्रममा युवाहरूले ‘म मेरो देशलाई माया गर्छु, भ्रष्टाचारलाई अस्वीकार गर्छु’ र ‘पेपर लीक बन्द गर’ लगायतका नारा लेखिएका पोस्टरहरू बोकेका थिए ।








प्रतिक्रिया