काठमाडौं । विश्वकप उपाधि दाबेदार मानिएको युरोपेली टोली स्पेन केप भर्डसँग गोलरहित बराबरीमा रोकिएको छ ।
स्पेन पहिलोपटक विश्वकपमा खेलेको अफ्रिकन टोली केप भर्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एटलान्टा रंगशालामा भएको खेलमा स्पेनले वर्चस्व कायम राखेको थियो तर केप भर्डका ४० वर्षीय गोलकिपर भोजिन्हा र बलियो रक्षापंक्तिले गोलरहित बराबरी खेल्यो ।
खेलमा स्पेनले ७४ प्रतिशत बल नियन्त्रणमा राखेको थियो र २७ प्रहार गरेको थियो, तर पनि गोल गर्न सकेन ।
स्पेनले अब समूह ‘एच’मा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ भने केप भर्डले साउदी अरेबियाको सामना गर्नेछ ।








प्रतिक्रिया