काठमाडौं । इजरायलले अमेरिका र इरानबीचको शान्ति सम्झौता स्वीकार गर्न अस्वीकार गरेको छ ।
इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्भिरले शान्ति सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
ग्भिरले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौताले हामीलाई बाँध्दैन । इजरायल अमेरिकामा निर्भर छैन, र हामी एक स्वतन्त्र र सार्वभौम राष्ट्र हौँ ।’ उनका अनुसार यो सम्झौता इजरायलमा लागू हुँदैन ।
उनले दक्षिणी लेबनानमा घरहरू भत्काउन र लेबनानमा हिजबुल्लाह आतंककारीहरूलाई हटाउन जारी राख्ने बताए ।
यसअघि इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता नहुने बताएका थिए । उनका अनुसार इजरायली सेना लेबनान, सिरिया र गाजामा स्थापित सुरक्षा क्षेत्रहरूमा अनिश्चितकालसम्म तैनाथ रहनेछन् ।








प्रतिक्रिया