धनगढी । सत्तारूढ दलभित्रै सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य लम्बिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले बजेट वक्तव्यका लागि आज बेलुका ५ बजे प्रदेश सभा बैठक आह्वान गरेको थियो । तर सत्तारुढ दल नेकपा (एमाले)ले बैठकमा उपस्थित हुन नसक्ने अडान राखेपछि प्रदेश सभा बैठक नै अनिश्चित बनेको छ ।
एमालेका प्रदेश सभा सदस्यले आफूहरूको प्रदेश सभामा सहभागी नहुने अडान कायमै रहेको बताए । मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीले योजना छनोटमा एकलौटी गरेको ती प्रदेश सभा सदस्यले बताए । यद्यपि सहमतिको प्रयास भने जारी रहेको ती प्रदेश सभा सदस्यले बताए । सो विषयमा आर्थिक मामिलामन्त्री र उनको सचिवालयमा बुझ्न खोजे पनि सम्पर्क हुन सकेन ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ३८ अर्ब बराबरको बजेट ल्याउने अनुमान गरिएको छ । जुन बजेट सुदूरपश्चिम प्रदेश इतिहासकै ठूलो आकारको हुनेछ । यसअघि सुदूरपश्चिम प्रदेशमा ३६ अर्बको बजेट प्रस्तुत भएको थियो ।
चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारले ३१ अर्ब बराबरको बजेट ल्याएको थियो ।








प्रतिक्रिया