काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले एक आयोजनाको स्थलगत अनुगमनका क्रममा दिएको एक अभिव्यक्ति विवादित बनेको छ ।
निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे खुट्टा भाँचेर राख्न दिएको उनको निर्देशन विवादित बनेको हो ।
सडकखण्डको निरीक्षणका क्रममा मन्त्री लम्सालले सडकमा रहेको बिजुलीको पोल सार्न ढिलाइ भएको भन्दै ठेकेदारप्रति आक्रोश पोखे ।
उनले भने, ‘यो बिजुलीको पोल वाला कन्ट्रयाक्टर कहाँ छ ?, यो धरतीमा कहाँ छ ? त्यसलाई खोजेर लेराऊ । त्यसलाई पनि यही राख्ने । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’
उनले यहाँको बिजुलीको पोल नसार्दा सर्वसाधरणले दुःख पाएको भन्दै काम छिटो गर्न निर्देशन दिएका थिए ।








प्रतिक्रिया