२० असार २०८३, शनिबार

विश्वकपमा एकै खेलमा २ गोल गर्दा पनि यी खेलाडीले किन गरेनन् सेलिब्रेशन ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसियामाथि शानदार जित निकालेको छ ।

सोमबार बिहान मेक्सिकोमा भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ गोलको शानदार जित निकालेको हो ।

स्वीडेनको जितमा यासिन अयारीले २, अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र म्याटियास स्वानवर्गले १/१ गोल गरेका थिए । ट्युनिसियाका उमर रेकिकले १ गोल फर्काएका थिए ।

स्वीडेनको जितमा मिडफिल्डर २२ वर्षीय यासिन अयारीले ट्युनिसियाविरुद्ध पहिलोपटक दुई गोल गरे । तर उनले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा गोल गर्दा पनि उत्सव मनाउन चाहेनन् । किनकी ट्युनिसिया जहाँ उनका बुबा जन्मिए र हुर्किएका थिए ।

अयारीको परिवार ट्युनिसियाली मूलका हुन् । उनले अहिले पनि आफ्ना बुबाको मातृभूमिसँग घनिष्ठ सम्बन्ध कायम राखेका छन्

ट्युनिसियाप्रतिको यासिनको सम्मान उनले गोल गरेपछि उत्सव मनाउन नचाहेकोले देखाएको थियो ।

यासिन स्वीडेन मै जन्मेका हुन् । उनले स्वीडेनबाटै आफ्नो फुटबलर करिअर सुरु गरेका हुन् ।

अयारीलाई विश्वकप २०२२ मै ट्युनिसियाबाट खेल्न प्रस्ताव समेत गरिएको थियो । तर अयारीले जन्मभूमि स्वीडेनबाटै आफ्नो फुटबल करिअर अगाडि बढाउने निर्णय गरेका थिए ।