१५ असार २०८३, सोमबार

जुवा खालबाट नगद ३ लाख ३३ हजारसहित ४ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

रत्ननगर नगरपालिका–१६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–१६ बस्ने ६० वर्षीय हरि थापामगर समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।