काठमाडौं । युट्युब, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा आएका साहसिक खेलका भिडियोहरू हेरेपछि मानिसहरू प्रायः त्यस्तै किसिमका कार्यहरु गर्न अग्रसर हुन्छन् । तर केहीका लागि त्यो घातक सावित हुने गर्छ । पछिल्लो समय यस्तै एक घटना ब्राजिलको साओ पाउलोमा घटेको छ । जहाँ एक साहसिक खेल बन्जी जम्पिङमा डोरी नै नबाँधीकन फ्याँकिएकी २१ वर्षीया युवतीले अकालमै ज्यान गुमाइन् ।
मिडिया रिपोर्टका अनुसार कम्पनीको लापरबाहीको कारण मारिया एडुआर्डा रोड्रिग्स डे फ्रेटास नाम गरेकी युवतीलाई बन्जी डोरी नै नबाँधी पुल माथिबाट फ्याँकिएको थियो र उनको घटनास्थलमै मृत्यु भयो ।
उनले बन्जी जम्प र भिडियो रेकर्डिङका लागि एन्ट्रे कोर्डास नामक निजी कम्पनीलाई २९० डलर तिरेकी थिइन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा कम्पनीका कामदारहरूले सुरक्षा डोरी नै नबाँधीकन युवतीलाई पुलबाट तल खसालिदिएको देख्न सकिन्छ ।
भिडियोमा धेरैले रोप (डोरी)…, रोप (डोरी)… भन्दै चिच्याइरहेको सुन्न सकिन्छ तर त्यतिबेला ढिलो भइसकेको थियो ।
घटनापछि प्रहरीले घटनास्थलबाट कम्पनीका छ जना कामदारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।








प्रतिक्रिया