२९ आश्विन २०८३, बिहिबार

चारदिने चीन भ्रमणका लागि बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्।

बेइजिङ पुगेपछि मन्त्री खनाललाई चीनका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत र चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिले स्वागत गरेका छन्। भ्रमणको पहिलो दिन नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा उनले त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा मन्त्री खनाल र उनका चिनियाँ समकक्षीबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक सहयोग र साझा हितका विषयमा औपचारिक वार्ता हुने तय भएको छ। साथै उनले चीनका अन्य उच्च अधिकारीसँग पनि शिष्टाचार भेट गर्नेछन्।

भ्रमण अवधिमा बेइजिङमा आयोजना हुने लगानी प्रवर्द्धन कार्यक्रममा सहभागी हुँदै उनले चिनियाँ लगानीकर्ता तथा व्यवसायीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री खनाल असार ३ गते नेपाल फर्किने कार्यतालिका छ।