४ असार २०८३, बिहिबार

सुनजस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ परेका छन् ।

लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटेलबाट सुनजस्तो देखिने पहेँलो धातु २१४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार रहेका छन् ।

इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।