मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार साँझ जिल्लाको मनहरी गाउँपालिका–६ प्रतापपुरमा सुरेश मोक्तानको बन्दै गरेको नयाँ घरमा ढोका सेट गरी ढोकामा ड्रिल गर्ने क्रममा करेन्ट लागेर सोही वडाका कोलाघारी बस्ने ३९ वर्षीय मङ्गलबहादुर प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका प्रजाको उपचारको क्रममा गएराति नै हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।








प्रतिक्रिया