काठमाडौं । अमेरिका र इरानबीच आज शान्ति सम्झौतामा हस्ताक्षर हुने सम्भावना रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो दाबी गरेका हुन् । तर इरानले सम्झौतामा हस्ताक्षर हुन अझै केही दिन लाग्ने बताएको छ ।
ट्रम्पले शनिबार आफ्नो ट्रुथ सोशलमा पोस्ट गर्दै अमेरिका–इरान सम्झौता जुन १४ अर्थात आज हस्ताक्षर हुने उल्लेख गरेका हुन् । दुई देशबीच सम्झौतामा हस्ताक्षर हुनसाथ औपचारिक रुपमा युद्ध समाप्त हुनेछ ।
विश्वव्यापी तेल र ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण मार्ग हर्मुजको जलडमरू पनि विश्वका खुला हुनेछ ।
इरानी विदेश मन्त्रालयका अनुसार हस्ताक्षर मिति अझै तय भएको छैन ।
मध्यस्थता गरिरहेको पाकिस्तानले दुवै पक्ष शान्ति सम्झौतामा सहमत भएको र आइतबार (आज) अनलाइन हस्ताक्षर हुने दाबी गरेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौतापछि उसको आणविक कार्यक्रम पूर्ण रूपमा निष्क्रिय गरिने दाबी गरेका छन् ।
उनका अनुसार आणविक पदार्थ, युरेनियम चरणबद्ध रूपमा नष्ट गरिनेछ । साथै, स्थिति शान्त भएपछि अमेरिकी सेना इरान जाने र समृद्ध युरेनियम निकाल्ने ट्रम्पको दाबी छ ।








प्रतिक्रिया