८ असार २०८३, सोमबार

इन्जुरी समयमा गोल गर्दै कतारले स्विटजरल्यान्डसँग बराबरी खेल्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को खेलमा कतारले स्विटजरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको छ ।

सान फ्रान्सिस्को रंगशालामा कतारले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै स्विटजरल्यान्डसँग १–१ को बराबरी खेलेको हो ।

स्विटजरल्यान्डका ब्रिल एम्बोलोले खेलको १७ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।

खेलको सुरुवातदेखि नै स्विटजरल्यान्डले आक्रामक खेल खेल्दै कतारलाई दबाबमा राखेको थियो ।

स्विटजरल्यान्ड विजयको नजिक पुगेको थियो, तर कतारका बोउलेम खुखीले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोलले खेलको मोड परिवर्तन गर्‍यो र खेल १–१ गोलको बराबरीमा सकियो ।

यो नतिजासँगै कतारले २०२६ को विश्वकपमा आफ्नो पहिलो अंक हासिल गर्‍यो । खेलभरि राम्रो प्रदर्शन गरे पनि स्विटजरल्यान्डले पनि एक अंकमा चित्त बुझायो ।