काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
सेवाग्राहीसँग जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कण्डेललाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउका क्रममा उक्त रकमसँगै श्रोत नखुलेको २१ हजार ७० रुपैयाँ समेत बरामद गरिएको आयोगले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।








प्रतिक्रिया