काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबीच आगामी २४ घण्टाभित्र शान्ति सम्झौता हुनसक्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
शाहबाजले दुई देशले अनलाइन सम्झौतामा हस्ताक्षर गर्ने र अर्को हप्ता प्राविधिक वार्ता गर्ने उल्लेख गरेका छन् ।
यसैबीच, इरानका प्रधानन्यायाधीश घोलाम–होसेन मोहसेनी–एजेईले इरानलाई अमेरिकामाथि कुनै पनि विश्वास नभएको बताएका छन् । उनले विगतका अनुभवहरूका कारण यो विश्वास नरहेको टिप्पणी गरेका हुन् ।
उनका अनुसार हालको द्वन्द्वमा इरानले आफ्ना शत्रुहरूलाई ठूलो क्षति पुर्याएको छ र आक्रमणकारीहरूको शक्तिलाई कमजोर बनाउन सफल भएको छ ।








प्रतिक्रिया