८ असार २०८३, सोमबार

भारतको सेना प्रमुखमा धीरज सेठ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत सरकारले शनिबार लेफ्टिनेन्ट जनरल धीरज सेठलाई भारतीय सेनाको नयाँ सेना प्रमुखमा नियुक्त गरेको छ ।

सेठले अहिलेका सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीको स्थान लिनेछन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार द्विवेदीको कार्यकाल ३० जुनमा सकिनेछ । सोही दिन सेठले भारतको ३१ औं सेना प्रमुखको कार्यभार सम्हाल्नेछन् ।

सेठ हाल सेनाको उपप्रमुखको पदमा छन् ।

सेठले दुई महिना अघि १ अप्रिलमा उपप्रमुख पद सम्हालेका थिए ।